काठमाडौं, २७ असोज–किरात राई यायोक्खाले प्रथम किरात राजा यलम्बरको तस्विर सार्वजनिक गरेको छ । किरात राई यायोख्खा मंगलबार एक कार्यक्रम गर्दे प्रथम किराती राजा यलम्बरको तस्बिर सार्वजनिक गरेको हो ।
राजा यलम्बर काठमाडौं उपत्यका महिषपाल बंशका राजालाई पराजित गरी काठमाडौं उपत्यकालाई आफ्नु राज्य स्थापित गर्ने पहिलो ठूलो किरात राजा हुन । उनी नेपालकै ठुलो र लामो शासन गर्ने किरात राजा मध्यैका एक हुन ।
नेपालको प्राचीन तथा ऐतिहासिक, राजनीतिक सुरुवात हेर्दा प्रमाणिक रूपमा किराँत कालबाट नै सुरु भएको हो भन्ने कुरा इतिहासले नै प्रमाणित गरेको छ। हुनः किराँत कालभन्दा अगाडि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पनि पाइन्छ तर प्रष्ट प्रमाणको अभावमा किराँत काल सुरु हुनुभन्दा अगाडिको समयलाई प्रामाणिक इतिहासको रूपमा लिइँदैन।
नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किराँत कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन्। यस कालका किराँती राजा यलम्बरलाई नै प्रथम किराँती राजाको रूपमा सबैजसो इतिहासकारहरूले मानेका छन्। नेपालमा २७ देखि ३२ किराँत राजाहरूले शासन गरेको कुरा विभिन्न ऐतिहासिक स्रोतहरूमा उल्लेख गरिएको छ ।
जनगणना अभियान सुरु
यायोक्खाले तस्बिर सार्वजनिकसँगै २०७८ सालमा हुने १२ औं राष्ट्रिय जनगणनामा सही तथ्याङक संकलनको अभियान सुरुवात गरेको छ । यायोक्खाले २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुने जनगणनामा जातिको प्रश्नमा राई र धर्मको प्रश्नमा किरात लेख्ने÷लेखाउले मूल लक्ष्यसहित गाउँगाउँमा अभियान चलाउने घोषणा गरेको हो ।
यायोक्खाका अध्यक्ष दिवस राई, उपाध्यक्ष जीवन हाताचो राई, महासचिव जनक राई लगायतले पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराएका हुन् ।
यायोक्खा महासचिव राईले राज्यलाई सही सूचना दिनुपर्ने बताउँदै यायोक्खा मातहतका विभिन्न भातृ तथा भाषिक संगठनहरुको समन्वयमा गाउँगाउँमा जनगणना सम्बन्धी अभियान चलाइने बताए ।
