दमक, २७ असोज–झापाको दमक–६ पिपल चौकमा रहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको नवौ बार्षिक साधारणसभा असोज २९ गते विहिबार हुने भएको छ । संस्थाको आफ्नै कार्यालयमा बिहिबार एक कार्यक्रमबीच नवौ बार्षिक साधारणसभा सम्पन्न गर्न लागिएको अध्यक्ष अशिम राईले जानकारी गराउनुभयो ।
महामारीको रुपमै फैलिरहेको कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउन यसवर्षको बार्षिक साधारणसभालाई संस्थाले आफ्नै कार्यालयमा सम्पन्न गरिने अध्यक्ष राईले बताउनुभयो । बार्षिक साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष राईले जानकारी गराउनुभयो ।
बार्षिक साधारणसभाको अवसरमा संस्थाका शेयर सदस्यहरुलाई आर्थिक बर्ष २०७६।०७७ को प्रतिवेदन र आगामी आर्थिक बर्ष २०७७।०७८ को नीति, योजना र आय–आम्दानीसहितको प्रतिवेदन उपलब्ध गराइने संस्थाका सचिव सुमन कुमार राईले बताउनुभयो । सचिव राईका अनुसार बार्षिक साधारणसभामा सहभागि शेयर सदस्यहरुलाई संस्थाद्धारा तयार गरिएको प्रतिवेदन प्रदान गरिने र आवश्यक सर–सल्लाह र सुझावहरु बजार प्रतिनिधिहरु मार्फत सङ्कलन गरिने छ ।
साधारणसभामा सहभागिहरुलाई अनिवार्य मास्क लगाउन र कार्यालयको प्रवेशद्धारमा सेनिटाइजर प्रगोग गर्न लगाइने अध्यक्ष राईले बताउनुभयो । त्यस्तैं, साधारणसभामा सहभागि हुन आउने शेयर सदस्यहरुलाई कार्यालयमा भिडभाँड हुन नदिनका लागि व्यवस्थापन पक्षलाई बिशेष ध्यान दिइने छ, अध्यक्ष राईले भन्नुभयो ।
