एजेन्सी, २८ असोज–पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ। युइएफए नेसन्स लिग चलिरहेका बेला राष्ट्रिय टोलीमा रहेका रोनाल्डोलाई कोरोना भएको पुष्टि पोर्चुगिज फुटबल महासंघले मंगलबार गरेको हो।

लिगअन्तर्गत बुधबार उनको टोली पोर्चुगलले स्विडेनको सामना गर्ने तयारी गरिरहेको छ। टोलीका अन्य सदस्यमा भने संक्रमण नदेखिएको महासंघले जनाएको छ।

संक्रमण भए पनि युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्दै आएका उनमा कोरोनाका कुनै लक्षण देखिएका छैनन्। उनलाई स्वास्थ्य मापदण्ड अनुसार आइसोलेसनमा बस्‍न घर पठाइएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *