सुरुङ्गा, २८ असोज–झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा एकान्तटोलमा गए राती एक युवाको बिभत्स हत्या गरिएको छ ।
२३ बर्षिय अभिषेक चौधरीको घाँटी र टाउकोमा धारिलो हतियार प्रयोग गरेर एकान्तटोलस्थित बाँस घारीभित्र बिभत्स तरिकाले हत्या गरेर फालिएको अवस्थामा चौधरीको शव आज बिहान स्थानीयले देखेपछि प्रहरीमा खबर गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख डिएस्पी मुकुन्द रिजालले बताए ।
प्रहरीका अनुसार उनको हत्या कसले गरेको हो भन्ने वारेमा छानविन चलिरहेको छ ।
प्रहरीले हाल धरानबाट तालिमप्राप्त कुकुर मगाएको छ भने शंकास्पध केहि उनका साथीहरुलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
स्थानीयका अनुसार उनी लागुऔषध प्रयोगकर्ता पनि हुन भने राती उनको शव भेटिए स्थानमा रातभर केहि युवाहरु होहल्ला गरिरहेका थिए । अहिले युवकको शव भएको स्थानमा स्थानीयको भीड लागेको छ ।
