काठमाडौं, २८ असोज–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा महासचिव पौडेललाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्।

यसअघिका अर्थमन्त्री डा युवराज खतिवडा सरकारबाट बाहिरिएपछि अर्थमन्त्रालय खाली थियो। यस्तोमा अर्थमन्त्रीका लागि नेकपाका नेताहरु सुरेन्द्र पाण्डे र जनार्दन शर्मा पनि लविङमा थिए।

तर महासचिव पौडेलले अर्थमन्त्रीमा बाजी मारेका हुन्। उनले दोस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन्। प्रदेश ५ को राजधानी दाङमा तय भएलगत्तै पौडेल संघीय सरकारको अर्थमन्त्री भएका हुन्। उनले बुटवलमा राजधानी बनाउन चुनावी एजेन्डा नै बनाएका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *