दमक, २९ असोज–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले बिहिबार नवौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमक–६ पिपल चौकमा रहेको सो सहकारी संस्थाको नवौ बार्षिक साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंक दमक शाखाका प्रवन्धक बिबेक डाँगीले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका डाँगीले नवौ बार्षिक साधारणसभाको उद्घाटनमा पानसमा बक्ति बालेका थिए ।
संस्थाको आफ्नै कार्यालयमा आयोजित साधारणसभालाई अनौपचारिक ढंङ्गले सञ्चालन गरिएको थियो । संस्थाका अध्यक्ष अशिम राईले साधारणसभामा प्रस्तुत गरिने सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदनलाई कार्यक्रममा आगान्तुक शेयर सदस्यहरुलाई बितरण गरेका थिए ।
सो प्रतिवेदन यसअघि बुधबार कार्यालयमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको अध्यक्ष राईले जानकारी गराउनुभयो ।
त्यस्तैं, संस्थाले आगामी बर्षदेखी चैत १२ गतेलाई स्थापना दिवसको रुपमा मनाउने समेत अध्यक्ष राईले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

प्रतिवेदनमा संस्थाले शेयर सदस्यहरुको आय आम्दानी र व्यवसाय प्रर्वन्द्धनको निम्ति सहुलियत व्याजदरमा कर्जा लगानी गर्ने, सामाजिक क्षेत्रमा रचनात्मक तथा सृजनात्मक कार्यहरु गर्दै आउने उल्लेख गरिएको छ ।
कार्यक्रममा संस्थाका सचिव सुमन कुमार राईद्धारा नवौ बार्षिक साधारणसभालाई कोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा व्यापक शेयर सदस्यहरुको सहभागिता गर्न नसकिएको जानकारी गराएका थिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एबम् दमकस्थित राष्ट्रिय सहकारी बैंकका प्रवन्धक डाँगीले विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको उन्नती र प्रगतिको कामना गरेका थिए ।
सो कार्यक्रममा संस्थाका अध्यक्ष अशिम राई, उपाध्यक्ष सम्झाना साँवा, सचिव सुमन कुमार राई, व्यवस्थापक छत्र केरुङ, सञ्चालक समिति सदस्य अनिमा तामाङ, निर्माला लावोती, युवराज दंगाल, नारायणप्रसाद खरेल र दीपक कुमार फुयल, लेखा समिति संयोजक खेम पौडेल र सदस्य माया राई, सदस्य कविता फागो लिम्बू, लगायत संस्थाका उपसमितिका संयोजक तथा सदस्यहरु, शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

