सरकार समानाताको नारा लगाउछ !
शत्ति, न्यायलाई सिकार बनाउछ !!
यो बिषाक्त पुरुषसत्ता अझै बाँकी रहे,
महिलाको कति रगतले यो देश अघाउछ !!

अनिलदेब राई/दमक, २९ असोज–बिहिबार, झापाको दमकमा यहि आवाजमा महिलाहरुको एउटा टोलीले साङ्केतिक प्रर्दशन गर्यो । दिउसो दमक चौकको गर्मीमा कालोबस्त्रधारण गरेका ४० जना महिलाहरुको टोलीले ‘बलात्कारी पृत्तिसत्ता’प्रति प्रर्दशन गरेका हुन् ।

आँखा र मुखमा कालो कपडाले छोपिएको । दुबै नाडीमा कालै कपडाले बाँधिएको । र, शरिरको सम्पूर्ण भाग कालो कपडा लगाएका महिलाहरुले समग्र देश र देशभित्रको सरकारदेखी राष्टपतिको कार्यालय, न्यायलयदेखी प्रहरी कार्यालयमा देखिएको बलात्कारी पृत्तिसत्ताप्रति बिरोध गरेका थिए ।

यो देश ‘बलात्कारी पृत्तिसत्ता’ भएकै कारण बलात्कारको घट्नाका दोसीहरुमाथि कार्वाही हुन नसकेको प्रर्दशनमा सहभागि अभियानर्कीहरुले बताएका छन् । अभियानमा दिक्षा दुलाल, आस्था निरौला र भूमिका शर्म लगायतका ४० जना अधिकारबादीहरु छन् ।

उनीहरुको अनुसार देशमा कानूनी व्यवस्था र त्यसलाई कार्याव्यवन गर्ने निकायमा समेत बलात्कारी पृत्तिसत्ताको मानसिकताले पछिल्लो समय बलात्कारका घट्नाहरु बृद्धि भएको हो ।

आँखा छ देख्दैन
कान छ सुन्दैन
मुख छ बोल्दैन
को हो ? सरकार

समाजमा मान्छेले मान्छेमाथि नै गर्ने दमन र मानवीय संवेदनाहीन समयहरु त छदैछ तर माहिलाहरुमाथि विभेदको सिकार बढ्या बढ्यै छ । महिलाको अस्तित्वलाई समाप्त हुने गरी ‘बलात्कारी पृत्तिसत्ता’ले समाजनै कालो र अध्यारो बनाउदै गएको छ । क्यालेण्डर फेरियो तर हाम्रो देशको व्यवस्था फेरिएन, पहिले निर्मला पन्त अहिले सम्झाना कामी तर कसैले न्याय पाएन् ।

प्रधानमन्त्रीदेखी राष्टपतिको कार्यालय र न्यायलयदेखी प्रहरी प्रशासनको कार्यालयसम्म ‘बलात्कारी पृत्तिसत्ता’ मानसिक्त्ताले समाजमा महिलामाथि हिंसा र बलात्कारको घट्ना बढ्दै गएको अभियानकर्मी दिक्षा दुलालले बताईन् ।

दिक्षाका अनुसार कानूनहुँदाहुदै बलात्कारका घटना बढ्नु पपिन पृत्तिसत्ता नै हो । उनले भनिन्–’हाम्रो संविधानले पृत्तिसत्त विरोधी अडान लिएन ।’

‘पृत्तिसत्ता विरोधी रुप लिएर महिलामाथि हुने घरेलु हिँसा र बलात्कारका घट्नाहरु नियन्त्रण हुन्छ, उनले भनिन् । दिक्षाले भनिन्ः ‘छोरी भ्रुण हुदाँदेखी गर्भभित्रै असुरक्षित छन् बाहिर झन कसरी सुरक्षित जिउन सकुन् ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *