अनिलदेब राई/दमक, २९ असोज–झापाको दमकमा रहेका रेष्टुरेन्ट, बार, क्याफे र पार्टी प्यालेस सञ्चालकहरु संगठीत भएका छन् । बिहिबार, पत्रकार मञ्चमा एक कार्यक्रमबीच उनीहरुले रेष्ट्रो एण्ड बार एशोसिएशन झापा गठन गरिएको जानकारी गराएको छ ।

समितिको अध्यक्षमा उत्सव भट्टराई (कक्टेल रेष्टुरेन्ट एण्ड बार दमक), उपाध्यक्ष तेज बहादुर राई (हार्डरक रेष्टुरेन्ट एण्ड बार दमक), उपाध्यक्ष डेन्जन शेर्पा (कोरोनेशन पार्टी प्यालेस दमक) र दुर्गा तामाङ (दोर्जे सुकुटी कर्नर दमक) छन् । त्यस्तैं, सचिवमा बिश्वराज लावती (स्याडोज रेष्टुरेन्ट एण्ड बार दमक), सहसचिवमा सुनिल राई (होटल स्याडोस दमक), कोषाध्यक्षमा स्वीकार श्रेष्ठ (ह्याङ्ग आउट डि क्याफे दमक) र सहकोषाध्यक्षमा नारायण श्रेष्ठ (कागबेनी थकाली किचन दमक) छन् ।

समिमिको सदस्यहरुमा देबेन्द्र चेम्जोङ लिम्बू (जेदाब्रु रेष्टुरेन्ट एण्ड वार दमक), स्टालिन श्रेष्ठ (डिटाउन लाउन्स एण्ड बिस्ट्रो बार दमक), रबि श्रेष्ठ (छिटो रेष्टुरेन्ट एण्ड बार दमक), बिबेक कार्की (जितेन लाउन्स एण्ड बार दमक), सृष्ट्रि शाक्य बस्नेत (बज्र नेवारी खाजा घर दमक), सावित्रा गुरुङ (खुकुरी रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर दमक), सरोज शिवाकोटी (सरोज होटल दमक) र अमोल महर्जन (टि टायम रेष्टुरेन्ट दमक) छन् ।

नवगठित समितिले झापामा छरिएर रहेका रेष्टुरेन्ट, बार, क्याफे र पार्टी प्यालेस सञ्चालकहरुलाई संगठित गराउने र पेशागत हक अधिकारको निम्ति समाजमा सकारात्मक कार्य गर्ने अध्यक्ष उत्सव भट्टराईले बताए ।

समितिका उपाध्यक्ष तेजबहादुर राईका अुनसार दमकमा मात्रै तीन सय बढी र झापामा लगभग २५ सयको हाराहारीमा रेष्टुरेन्ट, बार, क्याफे र पार्टी प्यालेसहरु सञ्चालनमा छन् । राईले रेष्टुरेन्ट, बार, क्याफे र पार्टी प्यालेसमा कार्यरत ७ सय २० जनालाई प्रत्यक्ष रोजगार दिएको बताए ।

समितिका सहसचिव सुनिल राईले झापाका रेष्टुरेन्ट एण्ड बारलाई मर्यादित बनाउदै नेपाल सरकारले सञ्चालन गरेको पर्यट्रन व्यवसायमा समेत सघाऊ पुर्याउने उदेश्य रहेको बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *