काठमाण्डौं, ३० असोज–कोरोना भाइरसबारे सरकारबाटै भईरहेको अनावश्यक प्रचारले ग्रामिण क्षेत्र त्रसित हुँदै गईरहेको छ । कोरोना माहामारीको यो समयमा सरकार र सरकारका भनाई आम नागरिक समक्ष पुर्याउने सञ्चार माध्यमहरुले भूमीका बिर्सेरै गर्ने प्रचारले गलत सन्देश प्रवाह भएको बुद्धिजीविहरु बताउँछन् ।

सन् २०१७ मा संसारभर ५ करोड ६० लाख मानिसको मृत्यु भयो । दैनिक १ लाख ५३ हजार ४ सय २५ जनाले ज्यान गुमाउने गरी भएको त्यो माहामारीमा मिनेटमा१ सय ७ जना बित्ने गर्थे । तर, अहिले कोरोना भाइरसबारे सरकारले आम नागरिकमा सकारात्मक सन्देश प्रवाह हुनेगरी समाचार पठाउनुपर्नेमा नियमित टेलिभिजनमार्फत ‘लाईभ’ गरेर सरकारले समाजलाई आतंकित पार्ने काम गरेको छ ।

युनिभर्सिटी अफ वासिंटनको विश्व स्वास्थ्य क्षेत्रमा क्रियाशील अनुसन्धान संस्था दि इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुसन ९आईएचएमई० ले गरेको एक अध्ययन अनुसार विश्वको कुल मृत्युको झन्डै एकतिहाइको मृत्युको कारण मुटु रोग हुने गर्छ ।

दोस्रोमा क्यान्सरबाट र तेस्रोमा श्वास प्रश्वासजन्य रोगबाट बढी मानिसको मृत्यु हुने गरेको छ । हाम्रो सरकारले यो तथ्यलाई नहेरी आतंक फैलाउन सरकारी टिभि च्यानलको दुरुपयोग गरिरहेको कतिपयको बुझाई छ ।

सावधानीको सट्टा अत्याउने सरकारी शैली

कोरोना भाइरस श्वास प्रश्वाससम्बन्धी रोग हो । यसको एकअर्कामा चाँडो सर्ने गुणका कारण हाल संक्रमितको संख्या बढिरहेको छ । संक्रमितको संख्या बढ्नुमा सावधानी अपनाउनुको सट्टा सरकारले नागरिकलाई अत्याउँदाको परिणाम भएको जानकारहरु बताउँछन् ।

राज्यका निकायदेखि विज्ञ भनिएकाहरुले सम्म कोरोनाबारे चाहिनेभन्दा धेरै डर देखाएको उनीहरुको आरोप छ । जागृत रायमाझी जस्ता अभियान्ताहरु कोरोना नै नभएको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै अभियान नै थाल्दै हिडेका छन् ।

तथ्यांक अनुसार विश्वमा दैनिक झन्डै १ लाख ५४ हजारको मृत्यु हुन्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु कोरोनाबारे भ्रम फैलिने वा आतंक फैलनेमा चिन्तित देखिएका छन् । दि न्युयोर्क टाइम्सका लागि ह्वाइट हाउसका एक्टिङ चिफ अफ स्टाफले फेब्रअरीमै भनेका थिए, ‘फ्लुले मान्छे मार्छ । तर, यो इबोला होइन । सार्स, मेर्स होइन । र, मृत्युदण्ड पनि होइन ।’

तर, नेपालको हकमा भने आजभन्दा २ सय दिन अघिदेखि हरेक दिन स्वास्थ्य मन्त्रालयका प्रवक्ता आज यति संक्रमित भेटिए, यतिको मृत्यु भयो, यतिको परीक्षण गरियो भनेर सुनाइरहेका छन् । सर्वसाधारणलाई चिन्तित नहुने गरी सचेतना सञ्चार गरिनुपर्ने भएपनि सरकारले अनावश्यक हल्लिखल्ली गर्दा गाउँगाउँमा त्रास फैलिएको बुझाई छ ।

स्वास्थ्य मन्त्रालयको उल्टो बाटो

‘कहिले डा। विकास देवकोटा, कहिले डा। जागेश्वर गौतम टिभिमा आएर दैनिक आधा घण्टा भट्याएर कोरोना नलाग्ने हो र रु’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा। अञ्जनी झा भन्छन्, ‘कोरोना लाग्न नदिन के गर्ने, खानपान कस्तो गर्ने भनेर जानकारी दिए हुँदैन रु आज यतिलाई लाग्यो, आज यति मरे भनेर समाजलाई तर्साउने काम स्वास्थ्य मन्त्रालयले नै गरिरहेको छ ।’

कोरोना भाइरसको औषधि कुन कुन देशले बनाउँदै छन्, प्रभावकारी मानिएको रेमडिसिभर औषधिको प्रयोगको रिपोर्ट कस्तो आईरहेको छ, सरकारले अब कुन कुन औषधिको ल्याउँदै छ भनेर मानिसहरुलाई आश्वस्त पार्ने गरी मन्त्रालयले गतिविधि गर्नुपर्नेमा अहिले ठिक उल्टो भईरहेको डा। झाको भनाई छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *