धरमपुर, १ कार्तिक–झापाको धरमपुर चौकमा रहेको हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाको नवौं बार्षिक साधारणसभा भोली कार्तिक २ गते आइतबार सम्पन्न हुने भएको छ ।

शिबसताक्षी–१ धरमपुर चौकमा स्थापना भएको कृषि सहकारी संस्थाले लक्ष्मी नारायण माध्यमिक बिद्यालयको सभाहलमा सम्पन्न हुने नवौं बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा प्रदेश १ का सांसद झलकसिंह दर्लामी मगरले गर्नुहुने भएको छ ।

उद्घाटन कार्यक्रममा सांसद दर्लामीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । उद्घाटन अघि सांसद दर्लामीले हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाद्धारा सञ्चालित कृषि उद्यम तथा व्यवसायको स्थलगत अध्ययन तथा अवोलकन गर्नुहुने कार्यक्रम छ ।

नवौं बार्षिक साधारणसभा भाद्र २१ गते नै हुनुपर्ने भएपनि यसवर्ष कोरोना भाइरसको संक्रमणसँगै फैलिएको महामारीले कार्तिक २ गते आइतबार गरिने संस्थाको निर्णय भएको अध्यक्ष ताराप्रसाद गौतमले जानकारी दिए । अध्यक्ष गौतमका अनुसार साधारणसभाको उद्घाटन सत्रमा सांसद झलकसिंह दर्लामीको प्रमुख आतिथ्यतामा हुने छ ।

हिजो शुक्रबारै सहकारी संस्थाले नवौं बार्षिक साधारणसभामा सहभागि हुनका लागि दुई स्थानमा शेयर सदस्यहरुबीचबाट प्रतिनिधि छनौट गरिएको छ । शिबसताक्षी-१ का शेयर सदस्यहरुका लागि लक्ष्मीनारायण माध्यमिक विद्यालयमा र वडा नं २ र ३ का लागि पाराबारीस्थित भानु माध्यमिक बिद्यालयमा प्रतिनिधि छनौट तथा साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन बितरण गरिएको उपाध्यक्ष श्याम कुमार राईले जानकारी दिए ।

साधारणसभामा कृषि क्षेत्रमा आगामी योजना र शेयर सदस्यहरुलाई रोजगारमुखी नीति तथा कार्यक्रम, तालिम र सीपको विकास गर्न प्रतिवेदनमाथि छलफल गरिने भएको छ । त्यस्तैं, सहकारी संस्थाको वित्तीय कारोबारतर्फ शेयरपूँजी बिस्तार, कर्जा लगानी, कोष वृद्धि लगायतका विषयहरुमा समेत छलफल गरिने भएको छ ।

सोही कार्यक्रममा संस्थाद्धारा सञ्चालित उत्कृष्ट बचत, बाल बचत, असल कर्जा र सहकारी मापदण्ड सम्बन्धी प्रतिनिधि शेयर सदस्यहरुबीचमा छलफल गरिने भएको अध्यक्ष गौतमले जानकारी दिए ।

साधारणसभाको उद्घाटनसत्र अघि सहकारी संस्थाद्धारा सञ्चालित कृषि उद्यम तथा व्यवसायको स्थलगत अवोलकनका लागि सांसद दर्लामीसहित संस्थाका सञ्चालक समिति, विभिन्न उपसमिति र जनप्रतिनिधिहरुलाई भ्रमण गराइने अध्यक्ष गौतमले बताए ।

साधारणसभा सहभागि प्रतिनिधिहरुलाई भौतिक दुरी कायमसहित अनिबार्य मास्क र सेनिटाइजरको प्रयोग गराइने छ । अध्यक्ष गौतमका अनुसार कोरोना महामारीका कारण सरकारले भिडभाड गर्न बन्देज लगाइएकोले सहकारी विभागको निर्देशिका बमोजिम संस्थाको नवौ बार्षिक साधारणसभा सम्पन्न गरिने छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *