झिलझिले, १ कार्तिक–झापाको शिवसताक्षीमा दोश्रोपटक कोरोना संक्रमणका कारण एकजना पुरुषको मृत्यु भएको छ ।

स्थानीय वडा नम्बर ११ दुधेका ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

मृतक क्यान्सरपीडित हुन् । क्यान्सरको उपचार गराइरहेका उनको शुक्रबार साँझ मात्र पीसीआरको रिपोर्ट पोजिटिभ आएको थियो ।

शिवसताक्षी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी संजय ठकुरीकाअनुसार शुक्रबार राति शिवसताक्षी नगरका एक जना कोरोना संक्रमितको मृत्यु भएको खबर आएपछि स्वास्थ्य शाखाले उनको पहिचान गरेको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको केही दिन पहिले छातीको शल्यक्रिया समेत गरिएको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का अध्यक्ष भैरव कुमार श्रेष्ठले बताएका छन् । उनको स्वाब संकलन गरेर सघन उपचार कक्षमा भइरहेको थियो ।

कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए । परिवार श्रोतका अनुसार उपचारका लागि धरान जानु पुर्व उनको पीसीआर नेगेटिभ थियो ।

यो संगै शिवासताक्षीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि वडा नम्बर ६ मा एक पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । उनि मिर्गौला रोगको पिडित पनि थिए ।

मृतकको सव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीले तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *