एजेन्सी, १ कार्तिक–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर प्रदूषण बढ्नुमा भारत, चीन र रूस जिम्मेवार रहेको बताएका छन्‌। साथै, प्रदूषणका मामिलामा अमेरिका सबैभन्दा असल रहेको पनि ट्रम्पले दावी गरेका छन्‌।,

​आगामी राष्ट्रपतीय निर्वाचनमा प्रचार गर्न नर्थ क्यारोलिना पुगेका ट्रम्पले एक र्‍यालीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्‌।

‘अमेरिकाले आफ्नो पर्यावरण रक्षाका लागि ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गरेको छ, पर्यावरण प्रदुषण र ओजन तह विनाश रोक्न अमेरिकी कदम सबैभन्दा राम्रो छ,’ ट्रम्पले भनेका छन्‌।

उनले चीन, रूस र भारतजस्ता देशलाई वायु प्रदूषणको जिम्मेवार ठहर्‍याएका छन्‌।

सन् २०१७ जुनमा भएको पेरिस सम्झौताबाट ट्रम्पले अलग हुने घोषणा गरेका थिए। उनले यो सम्झौता मान्दा अमेरिकाको खर्बौं डलर गुम्ने तर्क अघि सारेका थिए। साथै, रोजगारी तथा तेल, ग्यास र अन्य उद्योग पनि प्रभावित भएको बताएका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *