अनिलदेब राई/दमक, १ कार्तिक–मेची महाकाली बुहारी संयुक्त आवाज झापाले महिलाहरुमाथि हत्या, बलात्कार र हिंसाजन्य घट्नाहरु बन्द गर्न माग गरेको छ ।

कोरोना भाइरसको महामारीबीचमा झापा लगायत देशभरी महिलामाथि भइरहेका हत्या, बलात्कार र हिँसाजन्य घट्नाहरुप्रति मेची महाकाली बुहारी संयुक्त आवाज झापाले खेद प्रकट गर्दै प्रेस बिज्ञप्ति प्रकाशन गरेको छ ।

मेची महाकाली बुहारी संयुक्त आवाज झापाकी अध्यक्ष शिखा खड्का गणेश, सचिव कविता थापा र सल्लाहकार जमुना निरौला अधिकारीद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा महिलामाथि भइरहेका हत्या, बलात्कार र हिँसाजन्य घट्नाहरु बन्द गर्न माग गरिएको हो ।

सो बिज्ञप्तिमा झापाको गौरादह नगरपालिकामा मनमाया भण्डारीको श्रीमान भीमबहादुरबाट र कमल गाउँपालिकामा रिता थापाको श्रीमान रामजी थापाबाट भएको विभत्स हत्याप्रति गम्भिर ध्यानकर्षणसहित दुःख प्रकट गरिएको छ ।

बालबालिका र महिला अधिकार सम्बन्धी र सामाजिक न्यायका लागि कार्यगर्दै आइरहेको मेची महाकाली बुहारी संयुक्त आवाजले गौरादह र कमलको घट्नाले महिलाहरु आफ्नै घर परिवारबाट सुरक्षित हुन नसकेको ठहर गरेको छ ।

बिज्ञप्तिमा महिलाहरु आफ्नै घर परिवारका सदस्यहरुबाट घरेलु हिँसाका घट्नाहरुबाट पीडित हुनुपर्ने र हत्यासम्मको घट्ना सिर्जना हुदै गएको उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा गौरादह र कमलको घट्नाका मुख्य पीडकलाई प्रारम्भिक चरणमा पक्राउ गर्न प्रहरी सफल भएको भन्दै धन्यवाद समेत व्यक्त गरेको छ । त्यस्तैं, पीडितलाई न्याय र पीडकलाई हदैसम्मको कानूनी कार्वाही हुनुपर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

यता, कमल गाउँपालिका वडा नं २ समयगढस्थित रिता थापाको आफ्नै श्रीमान रामजीबाट धारिलो हत्यार प्रयोग गरी हत्या गरिएको थियो । उनको एक छोरी हजुरआमाको आश्रयमा छिन् । उनको अवस्था बुझ्न मेची महाकाली बुहारी संयुक्त आवाजको एक टोली आज समयगढस्थित थापा परिवारको घरमा पुगेर राहत सामाग्री हस्तान्त्रण गरिएको सल्लाहकार एबम् दमककी सहकारीकर्मी तथा व्यवसायी जमुना निरौला अधिकारीले बताईन् ।

टोलीमा मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बा, उपाध्यक्ष चन्द्रा काफ्ले, झापा अध्यक्ष शिखा खड्का गणेश, सचिव कविता थापा, सल्लाहकार जमुना निरौला अधिकारी, अम्बिका दाहाल गिरी, सिता श्रेष्ठ, तारा पौडेल, लिला खड्का, रिना राई चेम्जोङ र सरु गौतम थिईन् ।

अधिकारीका अनुसार आमाको हत्यापश्चात बालिका हजुरआमासँग बसिरहेको र उनलाई पिसाव गर्न स्वास्थ्यमा समस्या भएकोले उपचारको आवश्यकता परेको छ । उनको उपचारमा समेत सहयोग गर्ने अधिकारीले बताईन् । आज उनलाई लत्ताकपडा, खाद्यान्य सामाग्रीहरु प्रदान गरिएको सामाजिक अभियान्ता अधिकारीले हाम्रोसरोकारलाई जानकारी गराईन् ।

यसअघि, दमक–८ मा निर्माणधिन एक घरमा झुण्डिएको अवस्थामा एक महिलाको हत्यामा सलग्नमाथि छानबिन गर्न र कार्वाहीको माग गर्दै इलाका प्रहरी कार्यालय दमक र जिल्ला प्रशासन कार्यालय झापामा समेत मेची महाकाली बुहारी संयुक्त आवाज झापाले ज्ञापन पत्र बुझाएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *