दमक, २ कार्तिक–दशैं शुरु भएको र जिल्लामा कोभिड १९ को संक्रमण समेत फैलिँदै गएको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय झापाले आज २ कार्तिकदेखि कोजाग्रत पूर्णिमा सम्म बेलुकी ८ देखि बिहान ५ बजेको समयमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले पनि सो सम्बन्धिको निर्णय गरेको जनाइएको छ ।प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाद्धारा हस्ताक्षर गरिएको जारी सो सूचनामा अत्यावश्यक काममा बाहेक सो समय भित्र हिंडडुल, सवारी साधनको आवतजावत, पसल व्यवसाय आदि सञ्चालनमा रोक लगाइएको हो ।

त्यसैगरी दशैंलाई लक्षित गर्दै प्रशासनले अबैध मदिरा उत्पादन तथा विक्री वितरण नगर्न, मदिरा सेवन गरेर सवारी नचलाउन, पटाका तथा आतसवाजीहरुको ओसारपसार नगर्न नगराउन, धार्मिक, सामाजिक तथा साँस्कृतिक सदभाव विथोल्ने किसिमका गतिबिधिहरु नगर्न, विभिन्न संघ संगठन तथा संस्थाहरुले गर्ने शुभकामना आदनप्रदान जस्ता मानिस जम्मा भएर गरिने कार्यक्रमहरु नगर्न पनि सूचित गरेको छ ।

धार्मिक शक्ति पिठहरुमा नित्य पूजा बाहेक भेला भएर भिडभाड मेला बजार आदि लगाउन पनि रोक लगाइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *