धरमपुर, २ कार्तिक–झापाको शिबसताक्षी–१ धरमपुर चौकमा रहेको हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाको नवौ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक बिद्यालयमा आयोजित नवौ बार्षिक साधारणसभाको उद्घाटन झापा क्षेत्र नं ४ (क) का प्रदेश सांसद झलकसिं दर्लामी मगरले गर्नुभएको थियो ।
नवौ बार्षिक साधारणसभाको उद्घाटन पश्चात सांसद दर्लामीले कृषि क्षेत्रको माध्यमले स्वदेशमा रोजगारको अवसरहरु खुलाउदै र आय–आम्दानीतर्फ आर्कषण बढाउन प्रदेश १ सरकारले नीतिगत योजना र कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।

बार्षिक साधारणसभाको प्रमुख अतिथि समेत रहनुभएका सांसद दर्लामीले प्रदेश सरकारको चाहाना पनि कृषिमा नै क्रान्ति गर्नु र कृषकहरुको जीवनमा परिवर्तन गराउन भूमिका रहने बताए ।
सो साधारणसभा अध्यक्ष ताराप्रसाद गौतमले संस्थाको तर्फबाट आर्थिक बर्ष २०७६।०७७ का अध्यक्षको प्रतिवेदनसहित आगामी आर्थिक बर्ष २०७८।०७९ का नीति, योजना र आम्दानी तथा खर्चका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उद्घाटन कार्यक्रममा उत्कृष्ट कर्मचारीमा कार्यालयका लेखापाल नरबहादुर कार्कीलाई नगर २५ सयसहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो ।

त्यस्तैं साधारणसभाको उद्घाटन कार्यक्रममा दैनिक बचततर्फ यामबहादुर थापा, खुत्रुके बचतकर्तामा सुभानी बुढाथोकी, असल ऋणीमा सोनामा तामाङलाई पुरस्कृत गरिएको थियो ।
यता, दूधतर्फ उत्कृष्ट अम्बिका तिम्सिना र तरकारीतर्फ नमप्रसाद हुमागाईलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो ।
संस्थाका अध्यक्ष ताराप्रसाद गौतमको अध्यक्षतामा नवौ बार्षिक साधारणसभा सम्पन्न भएको थियो । साधारणसभमा कोषाध्यक्ष टंकप्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

विश्वव्यापी रुपमै फैलिएको कोरोना भाईरसको महामारीबीचमा संस्थाले नवौ बार्षिक साधारणसभामा प्रतिनिधि मुलक शेयर सदस्यहरुलाई सहभागिता गराइएको उपाध्यक्ष श्याम कुलुङ राईले बताए ।
उपाध्यक्ष राईका अनुसार साढे ६ सयको संख्यामा शेयर सदस्यहरुलाई गत शुक्रबार दुई अलग अलग स्थानमा प्रतिनिधि छनौट तथा प्रतिवेदन बितरण गरिएको थियो ।
साधारणसभा सञ्चालन हुनु अघि, सांसद दर्लामीले सहकारी संस्था मार्फत कृषि परियोजनाहरुको अध्ययन तथा अवोलकन गर्नुभएको थियो ।

सांसद दर्लामीलाई संस्थाका अध्यक्ष ताराप्रसाद गौतम, उपाध्यक्ष श्याम कुलुङ राई, सदस्य पदमप्रसाद कोइराल र सल्लाहकार सदस्य अनिलदेब राईले परियोजना सम्बन्धी जानकारी गराएका थिए ।
सो क्रममा सतासी साप्ताहिक पत्रिकाका प्रदान सम्पादक प्रेम याम्फु राई र धरमपुर बजार व्यवस्थापन समिति सदस्य नेत्र नेम्बाङले समेत परियोजना सम्बन्धी अवोलकन गरेका थिए ।
संस्थाले हाल ५ बिगा जमिन भाडमा लिएर मौसमी तथा बेमौसमी तरकारी तथा सागसब्जि उत्पादन गर्नुका साथै धान, केरा, आँप, कागती लगायत माछा पालनसँगै दुध सङ्कलन गरिरहेको छ ।

संस्थाको कार्यक्षेत्र साविक धरमपुर गाविस हालः शिबसताक्षी नगरपालिका वडा नं १, २ र ३ मा सेवा सञ्चालन गरिरहेको अध्यक्ष गौतमले जानकारी दिए ।
सो साधारणसभामा माता नवदुर्गा कृषि सहकारी संस्थाका अध्यक्ष मछिन्द्र सम्बाहाम्फे र सामाजिक अगुवा नरेन्द्र दाहालले शुभकामना मन्तव्य राखेका थिए ।
यता, प्रतिवेदनमाथि सल्लाहकार तुलशीराम भट्टराई र लयप्रसाद गौतमले आ–आफ्नो बिचारहरु राखेका थिए । सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव तेजेन्द्र घिमिरेले गरेका थिए ।

