काठमाडौं, ३ कार्तिक–ब्रोइलर कुखुराको मासु किनबेचमा बिचौलीयाले बढी नाफा लिएको पाइन्छ । अहिले उत्पादकबाट संकलकले प्रतिकिलो ब्रोइलर कुखुरा रू २३० मा किनेर रू २४५ मा फ्रेस हाउसमा बेच्ने गरेका छन् भने फ्रेस हाउसले ब्रोइलरको मासु रू ३८० देखि रू ४०० सम्म लिने गरेका छन् ।

कुखुरा किनेको मूल्यको दोब्बर नाफा लिएर फ्रेस हाउसले मासु बिक्री गरेको देखिन्छ । ठूलो रकम नाफा लिएर बेच्दा पनि फ्रेस हाउस सञ्चालकले मासु बनाउन झन्झट हुने भएकाले बढी रकम लिनु परेको बताउने गरेका छन् ।“ हामीले मासु काट्न धेरै खर्च गर्नुपर्छ ।त्यसैले धेरै रकम लिएको देखिएको हो ।”

जिल्ला कुखुरा व्यवसायी सङ्घका अध्यक्ष दिनेश महत भन्छन्, “हामीले प्वाखसहितको कुखुरा किनेर मासु मात्र बेच्नुपर्छ । त्यसैले मासुसमेत घट्नाका साथै काट्नका लागि ग्यास र श्रम लाग्नाले धेरै रकम लिइएको हो ।”

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *