काठमाडौं, ३ कार्तिक–लोकसेवा आयोगले सबै खाले परीक्षाहरू स्थगित गरेको छ। आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै हाल कोभिड-१९ को भयावह परिस्थितिका कारण परीक्षार्थी र आयोगका कर्मचारी सबैलाई भय हुने भएकाले आयोगबाट यही कात्तिक १६ देखि हुने भनिएका सम्पूर्ण परीक्षाहरू अर्को सूचाना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको छ।
आयोगले संक्रमणका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०ले सृजना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी हाललाई मिति २०७७ कात्तसक १६ गतेदेखि सञ्चालन हुने गरी तोकिएका पूर्व-निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परिक्षाका कार्यक्रम अर्को सूचना नआएसम्म स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ।
