काठमाडौं, ३ कार्तिक–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसदहरूले दसैं भत्ता नलिने भएका छन् ।

नेकपा संसदीय दलले दसैं भत्ता नलिने र त्योबापतको रकम कोरोना कोषमा बुझाउने गरी संस्थागत निर्णय गर्न लागेको राष्ट्रियसभाका सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।

‘यस्तो बेलामा दसैं भत्ता बुझ्न सांसदहरूलाई अप्ठ्यारो भयो । दसैँ भत्ता नबुझ्ने बरु त्यो वापत आउने रकम कोरोना कोषमा जम्मा गर्ने गरी संस्थागत निर्णय गर्न लागेका छौं,” उनले भने, “केहीबेरमा दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वक्तव्य निकाल्नुहुनेछ ।”

संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि छलफल भइरहेको र आजै निर्णय हुने जानकारी दिए । “यसबारे हामी छलफलमा छौं । एकछिनमा जानकारी आइहाल्छ,” उनले भने ।

प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ गरी संघीय संसदमा नेकपाका २२० जना सांसद छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *