काठमाडौं, ३ कार्तिक–सभामुख अग्‍निप्रसाद सापकोटाले चाडपर्व खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् । सभामुख सापकोटाले विज्ञप्तिमार्फत चाडपर्व खर्च कोरोना कोषमा उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी गराएका छन् ।

त्यस्तै सामुख सापकोटाले दसैंभत्ता फर्ता गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दलको निर्णयको प्रशंसा पनि गरेका छन् ।

देशको आर्थिक अवस्था संकटपूर्ण रहेका बेला सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलले गरेको सुझबुझपुर्ण निर्णयले कोरोना प्रकोप नियन्त्रण अभियानमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *