दमक, ३ कार्तिक–झापाको दमकस्थित आम्दा अस्पताल आजदेखि तीन दिनका लागि बन्द भएको छ । अस्पतालका स्वास्थ्यकर्मीसहित केहि कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्याक टे«सिङ तथा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पताल तीन दिनका लागि बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्टेन्ट डाक्टर प्रकाश शर्माका अनुसार संक्रमण थप फैलिन नदिन आजदेखि तीनदिन सम्मका लागि अस्पतालका सम्पूर्ण नियमित सेवाहरु वन्द भएका छन् । अस्पतालमा दैनिक ५ सय बढी विरामीले उपचार पाउदैआएका छन् ।

दमकमा दिनानुदिन संक्रमण बढ्दै

यसैवीच दमकमा दिनानुदिन संक्रमण बढ्दै गएको छ । आइतबार परीक्षण गराएका १ सय १० मध्ये ५२ जना मध्ये नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीसहितका सामाजिक कार्यमा संलग्नहरुमा एकैसाथ संक्रमण पुष्टि भएको हो ।

यो परीक्षण नीजि स्वास्थ्य संस्थामार्फत गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै, त्यसअघि शनिबार परीक्षण गराएका ४० जना मध्ये १६ जनामा कोरोना पुष्टि भएको छ । सरकारी तथ्यांकमा भने यो संख्या समाबेश भएको छैन् । प्रकृयामा केही समय लाग्ने गरेका कारण सरकारी तथ्यांकमा समाबेश हुन समय लाग्ने स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।

दमकमा निजी स्तरबाट परीक्षणको सहजीकरण गरिरहेका प्रकाश अधिकारीका अनुसार अहिले दमकमा दैनिक परीक्षण भईरहेको छ । स्वाव संकलनका लागि विराटगरस्थित न्यूरो अस्पतालका प्राविधिक टिम आउने गरेको उनले वताए ।

नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष समेत रहेका अधिकारी, दमक उद्योग वाणिज्य संघका सदस्यहरु मोहन ढकाल, राजकुमार थापा लगायतका उद्यमी तथा व्यवसायीहरु समेत संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट दमकमा एक महिलासहित ६ जनाको मृत्यु भईसकेको जनाईएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *