दमक,३ कार्तिक–सांसद महेन्द्रकुमारी लिम्बुले दशैंभत्ता नलिने घोषणा गरेकी छन् । संघीय संसदकी सदस्य रहेकी लिम्बुले दमक-९ स्थित आफनै निवासमा आज पत्रकार सम्मेलन गरि भत्ता नलिने घोषणा गरेकी हुन् ।

कोरोना महामारीको यस विषम परिस्थितिमा पनि सांसदहरुलाई दशैंभत्ता उपलब्ध गराउने कुरा सरकारले सोच्न समेत नहुने उनले वताईन् । उनले भनिन्,–‘देशभित्र कोरोना महामारीको संकटको घडीमा जनप्रतिनिधिहरुले दशै भत्ता लिनु कदापि उचित हुदैन् !’

दशैं भत्ताबापत सचिवालयले प्रत्येक सांसदलाई जनही ६४ हजार ७० रुपैयाँ उपलव्ध गराउदैआएको छ । यसैगरि, सांसद लिम्बुले नागरिकको कोरोना परीक्षण र उपचार निशुल्क गर्नबाट पछि हटेकोमा आपत्ति जनाउदै निर्णय सच्याँउन माग गरिन् ।

कोरोना संक्रमितको उपचार राज्यले गर्नुपर्ने भन्दै त्यस दायित्वबाट राज्य पछि हट्न नहुने भन्दै उनले जनताको कोरोना परीक्षण गर्न र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन लाग्नु पर्ने माग गरिन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *