दमक, ३ कातिक–झापाको दमक नगरपालिका आजदेखि फेरि तीन दिनका लागि वन्द भएको छ । नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका आजदेखि कार्तिक ६ गतेसम्मका लागि वन्द भएको हो ।
नगरपालिकाका उपसचिव दिनेशकुमार न्यौपानेले आज एक सूचना निकालेर नगर प्रमुख सहित दुई जना वार्ड अध्यक्षमा संक्रमण देखिएपछि नगरपालिका र वार्ड कार्यालयबाट प्रदान गरिने सवै सेवाहरु बन्द हुने भएको हो ।
पछिल्ला समय जनप्रतिनिधिसहित कर्मचारीहरुमा संक्रमण थपिदै गएको र संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ कार्य गर्नुपर्ने भएकाले नगरपालिकाका कार्यालय तथा १० वटै वडा कार्यालयहरु वन्द रहने उल्लेख छ ।
यसअघि, नगरपालिका गत असोज २० देखि २३ गतेसम्म पनि वन्द भएको थियो ।
नगरपालिकाले स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाएर मात्र दैनिक जिवनयापन, व्यवसाय गर्न अनुरोध गरेको छ ।
यस्तै, निषेधाज्ञा पालना गर्न नगरवासीहरुसंग भनेको छ । अब नगरपालिका दशै पछि मात्रै खुल्ने छ ।
