शिबगञ्ज, ३ कार्तिक–झापाको शिबगञ्जमा आज एक कार्यक्रमबीच हनुमान मन्दिरको समुद्घाटन गरिएको छ । धार्मीक तथा ऐतिहासिक मठ–मन्दिरको शिबगञ्ज बजारमा पुर्नःनिर्माण भएको हनुमान मन्दिरको समुद्घाटन गरिएको हो ।

शिवसताक्षी नगरपालिका वडा नम्वर ६ शिवगञ्जमा रहेको ऐतिहासिक हनुमान मन्दिर विक्रम सम्वत् २०३२ सालमा निर्माण भएको हो । सो मन्दिर २०७२ साल बैशाख १२ गते आएको महाभुकम्पका कारण क्षतिग्रस्त भएको थियो । मन्दिरको पुनः निर्माणको काम सम्पन्न भएपछि आजबाट औपचारिक रुपमा मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

मन्दिरको पुनः निर्माणका लागि १४ लाख ६८ हजार २३६ रुपैया खर्च भएको मन्दिर निर्माण समितिले जनाएको छ । जसमा नगरपालिकाको ८ लाख, वडा नम्वर ६ बाट ५० हजार , दाताबाट संकलन भएको १० लाख ७५ हजार ८९५, अक्षयकोष दाता पुन्यप्रसाद ढकालबाट १ लाख र अन्य विभिन्न क्षेत्रबाट ३० हजार ४ सय गरी जम्मा निर्माणमा २० लाख ५६ हजार २९६ रुपैया जम्मा भएको थियो ।

मन्दिर १४ लाख ८८ हजार मन्दिर निर्माणमा खर्च गरिएको छ भने बाँकी ५ लाख ६८ हजार २३६ रुपैया बैंकमा राखी आएको व्याजबाट मन्दिरमा दैनिक पुजागर्नका लागी खर्च गरिने मन्दिर व्यवस्थापन समितकिा अध्यक्ष रामचन्द्र सिटोलाले जानकारी दिए ।

नगरपालिकाकै ऐतिहासिक र पुरानो मन्दिर भएकाले यसको ठुलो महत्व छ । मन्दिर निर्माणमा नगरपालिकाका साथै विभिन्न चन्दा दाता र स्थानिय व्यवसायीको आर्थिक सहयोगमा मन्दिर निर्माणको काम सम्पन्न भएको शिवसताक्षी उद्योघ वाणिज्य संघका अध्यक्ष भोला मैनालीले बताए ।

भुकम्पबाट क्षतिग्रस्त मन्दिर निर्माणका लागि नगरले दिएको रकम मात्र पर्याप्त नभएकाले सबै सहयोगबाट मात्र मन्दिर पुन निर्माण सम्पन्न भएको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए ।

कार्यक्रममा मन्दिरमा हनुमानको मुर्तिदाता चाननमल मित्तल, अक्षयकोष दाता पुन्यप्रसाद ढकाल र अन्जनी अग्रवाललाई सम्मान गरिएको सचिव कमल कन्दङ्गवाले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *