दमक, ३ कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ का सदस्य समेत रहनुभएको प्रतिनिधिसभा सदस्य माननीय सांसद लालप्रसाद (एलपी) साँवा लिम्बूले दशैंभत्ता नलिने घोषणा गर्नुभएको छ ।
हाम्रोसरोकारसँग कुरा गर्नुहुदै झापा क्षेत्र नंम्बर ४ का संघीय संसद समेत रहनुभएका क्षेत्रीय सहइन्चार्ज साँवाले दशैं भत्ता नलिने र सो भत्ता कोरोना कोषमा जम्मा गर्ने बताउनुभएको छ ।
कोरोना महामारीको यस विषम परिस्थितिमा पनि सांसदहरुलाई दशैं भत्ता उपलब्ध गराउन नहुने र सो रुपैया कोरोना कोषमा जम्मा गर्न उपयुक्त हुने सांसद साँवाले बताउनुभयो ।
सांसद साँवाले भन्नुभयो–‘देशभित्र कोरोना महामारीको संकटको घडीमा जनप्रतिनिधिहरुले दशै भत्ता लिनु कदापि उचित हुदैन् ।’
दशैं भत्ताबापत सचिवालयले प्रत्येक सांसदलाई जनही ६४ हजार ७० रुपैयाँ उपलव्ध गराउदैआएको छ ।
यसअघि, सांसद साँवाले एक महिनामा उपलब्ध हुने सेवा सुबिधा वापतको सवै एकमुष्ठ रुपैया कोरोना कोषमा जम्मा गर्नुभएको थियो ।
