चन्द्रडाँगी (शिवसताक्षी), ४ कार्तिक–झापाको शिवसताक्षी नगरपालिका वडा नं ७ को कनकाई नदीमा ‘चन्द्रडाँगी-लालपानी’ जोड्ने झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

‘लालपानी–चन्द्रडाँगी’ जोड्ने कनकाईमा झोलुङ्गे पुलको निर्माणका लागि संघीय सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत झोलुङ्गे पुल निर्माण महाशाखाको बजेटबाट निर्माण हुने भएको हो ।

संघीय सरकारबाट ६ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त पूल २०७८ असार सम्ममा निर्माण सम्पन्न हुने पशुपति हरिहर जेभीका प्रतिनिधि राजेश राउतले बताए । ‘समयमा रकम निकासा भयो भने असार सम्ममा पूल उपभोक्तालाई हस्तान्तरण गर्ने छौ,’ उनले भने । पुलको लम्बाई ६४४ मिटर रहेको छ ।

लालपानी चन्द्रडाँगी जोड्ने कनकाई नदीमा तत्कालिन नेकपा एमालेले निर्वाचन घोषणा पत्रमै झोलुङ्गले पूल निर्माण गरि सर्वसाधरण जनताका समस्यालाई सम्बोधन गर्ने उल्लेख गरेको थियो ।

पुल निर्माण हुने भएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् । पुल नहुँदा बर्खाको समयमा एउटै वडाको दुई ठाउँका मानिसहरुलाई आवतजावतका लागि समस्या हुने गरेको थियो ।

लालपानीका स्थानीय सुरुङ्गा-दु्धेहुदै तीनवटा यातायातका साधन चढेर २२ किलोमिटर यात्रा गर्नुपरेको वडा अध्यक्ष नविन इजमले बताए । उनले भने, ‘लालपानीका सर्वसाधरणले १ सय कर तिर्न १ हजार र समयको खर्च गर्नुपर्ने बाध्यात्मक परिस्थितीबाट मुक्त हुने भएका छन ।’

यो सँगै कनकाइ नदिमा झुलुङ्गे पूलको संख्या २ पुगेको छ । यस अघि दोमुखामा झोलुङ्गे पूल निर्माण भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *