काठमाडौं, ४ कार्तिक–कैलालीमा नेपाल प्रहरीका असई गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संग्लन आरोपमा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरीले सार्वजनिक गरेकाहरुमा धनगढी उप-महानगरपालिका १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना छन् ।

शनिबार साँझ गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज ९असई० गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद मृत फेला परेका थिए । उनीहरुमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको छ ।

अवैध समानहरुको तस्करी गरी रहेका तस्करहरुको समूहलाई रोक्ने एवं नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले योजनाबद्ध रुपमा धारिलो हतियारले प्रहार गरी दुवैजनाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । हत्या गरिसकेपछि बोक्दै र घिसार्दै ४ सय मिटर दक्षिणमा नेपाल(भारत सीमामा रहेको मोहना नदीमा लगी अपराध लुकाउने उद्देश्यले फाली फरार भएको खुलेको छ ।

घटनापछि सुदूरपश्चिम प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले घटनाको अनुसन्धान गर्दा घटनामा संलग्न सातजनाको पहिचान भई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानका क्रममा शनिरबार राति मोहना नदीबाट तस्करले केराउ निकासी गर्न खोजेका थिए । सोही समूहलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *