काठमाडौं, ४ कार्तिक–देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ९३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार १०८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९६ हजार ६०९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख १४ जनाको ७७९ पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १३ हजार ५५९ जना र होम आइसोलेसनमा २८ हजार १८६ जना रहेका छन् । आजसम्म देशभर चार हजार २२० जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यससँगै कुल संक्रमितको संख्या एक लाख ३९ हजार १२९ पुगेको छ ।
शनिबार देशभर तीन हजार १६७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने एक हजार ८०० जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।
आइतबार देशभर दुई हजार ९४२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३२६ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
सोमबार देशभर तीन हजार ७९० कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३३५ जना डिस्चार्ज भएका थिए । सोमबार देशभर १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
