झिलझिले, ४ कार्तिक–प्रदेश १ का सदस्य माननीय झलकसिँह दर्लामी मगरले आज झापाको शिबसताक्षी नगरपालिकामा फरक क्षमता भएका तीन जना शारिरिक अशक्तलाई व्हील चियर बितरण गनुर््भएको छ ।
शिबसताक्षी वडा नं १ का सागर नेपाल, वडा नं २ का यान्सा नेम्बाङ र वडा नं ८ का आयुस अधिकारीलाई घर–घरैमा पुगेर आज व्हील चियर बितरण गर्नुभएको हो ।
झापा क्षेत्र नं ४ (क) का प्रदेशसभा सदस्य समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सदस्य दर्लामीले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बालबालिका, जेष्ठ नागरिक, महिला, अपाङ्गहरुको दैनिक जीवनमा सहज बनाउन व्हील चियर बितरण गरिएको बताए । उनले निर्वाचन क्षेत्रका सवै पालिका र वडाहरुका फरक क्षमता भएका नागरिकलाई आवश्यक उपकरणहरु बितरण गर्दै जाने बताए ।
व्हील चियर बितरण कार्यक्रममा सांसद दर्लामीसहित शिबसताक्षी वडा नं ८ का अध्यक्ष केहरसिँह बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिबसताक्षी नगर सचिवालय सदस्य समेत रहनुभएको पदेश सांसद दर्लामीका स्वकीय सचिव दुर्गा नेम्बाङ, नगर सचिवालय सदस्य तथा वडा नं २ का इन्चार्ज दिपेश राई, नगर सदस्य तथा युवा नेता भुवन राई, राजु दर्नाल, तुलशी दाहाल, नेकपा वडा नं १ का सचिव नेत्र नेम्बाङ र नेकपा वडा नं २ कमिटिका अध्यक्ष एबम् मगलबारे बजार व्यवस्थापन समिति अध्यक्ष भीम नेम्बाङको उपस्थिति रहेको थियो ।



