टेड्रस एड्हानोम गेहब्रेयसस

सन् २०१९ को डिसेम्बरबाट सुरु भएको नोभेल कोरोना भाइरस महामारीले विश्‍वलाई नै स्थिर बनाएको छ भने दैनिकीलाई ठप्प पारेको छ । हामी सबैका लागि सबैभन्दा महत्वपूर्ण कुराको पूनर्मूल्यांकन गर्न बाध्य पारेको छ । यसको अर्थ आज र भविष्यमा आफ्नो, आफ्ना प्रियजनहरु र छिमेकीहरुको स्वास्थ्य कसरी जोगाउने भन्‍ने हो ।

विश्‍वका सरकारहरु आक्रामक रुपमा कोरोना महामारीबाट बाहिर निस्किने प्रयासमा लागिरहेका छन् । उदाहरणका लागि थाइल्याण्डमा जनस्वास्थ्य प्रणालीमा दशकौंदेखि गरिएको लगानीले जनवरीमा सुरु भएको कोभिड-१९ विरुद्ध संघर्ष गर्न सहज भएको छ । कोरोनाको आक्रमण परेको पहिलो पश्‍चिमी मुलुक इटालीले राष्ट्रिय सहकार्य र विज्ञानप्रतिको प्रतिबद्धताको माध्यमबाट जस्तोसुकै चुनौती आए पनि समाना गर्न सकिन्छ भन्‍ने उदाहरण पेस गरेको छ ।

महामारीले विश्‍वभरका अधिकांश मानिसहरुले स्वास्थ्य क्षेत्रमा सामना गर्नु परेका असमानतालाई उजागर गरेको छ । कोभिड(१९ महामारीले मधुमेहका बिरामीका लागि इन्सुलिन, पोषणको लागि स्वस्थ खाना, क्यान्सरका बिरामीको जाँच र उपचारलगायतका सेवाहरु प्रभावित भएका छन् । कोरोना महामारीले विश्‍व व्यवस्थालाई नयाँ चुनौतीहरु थप गरिएको छ । शान्ति र विकासको प्रबर्द्धनका लागि बहुपक्षीयता, सम्मान र सहयोगका सिद्धान्तहरुको निर्माणमा विगत ७५ वर्ष खर्च गरिए पनि विश्व व्यवस्थालाई नयाँ चुनौती थप गरिएका छन् ।

मौसम संकटका कारण हाम्रो सामूहिक भविष्यलाई खतरामा पारेको समयमा सुरु भएको कोभिड(१९ ले मानव, पशु र पृथ्वीको स्वास्थ्यलाई थप संकटमा पारेको छ । यस्तो अवस्थामा पृथ्वीको स्वास्थ्यलाई बचाउन ुएक स्वास्थ्यु दृष्टिकोणको आवश्यकतालाई औंल्याएको छ ।

एचआईभी, इबोला र अब कोभिड-१९ जस्ता उदाहरणहरूले हामी मानव जातिले वातावरणको संरक्षणका लागि बोलेर मात्र केही हुँदैन भन्‍ने देखाएको छ । प्रकृतिप्रति लापरबाही गर्दा र मानवद्वारा सिर्जित भाइरसहरुको रोकथामका लागि हामी अझै सक्रिय र सचेत हुन आवश्यक रहेको कुराप्रति पनि सचेत गराएको छ ।

यस्ता सबै कुराहरुका बाबजुद अब हामी स्वास्थ्यलाई कसरी अझ राम्रो बनाउन सक्छौं भन्‍ने कुरामा परिवर्तन गर्नबाहेक अन्य विकल्प छैन । हामीले ‘युनिभर्सल हेल्थ कभरेज’ (यूएचसी) मा लगानी गरेर विश्‍वस्वास्थ्य सेवाहरु सुनिश्चित गर्नुपर्छ । राष्ट्रिय र वैश्‍विक स्वास्थ्य आपतकालीन तयारी प्रणालीलाई सुदृढीकरण गर्ने र स्वास्थ्यलाई राजनीतिक, सुरक्षा, आर्थिक र सामाजिक छनोटहरुको श्रृंखलाको रुपमा काम गर्नु आवश्यक छ ।

हामीले पृथ्वीका हरेकलाई आवश्यक सबै सेवामा पहुँच स्थापित गराउनुका साथै उनीहरुलाई शारीरिक र मानसिक सुस्वास्थ्यको सुनिश्‍चितता गर्न आवश्यक छ । यही कारणले प्राथमिक स्वास्थ्य सेवा सुनिश्‍चित गर्न यूएचसी महत्वपूर्ण छ । स्वास्थ्य क्षेत्रमा लगानी गरेका न्युजील्याण्ड र रुवाण्डाजस्ता देशहरुले जोखिमपूर्ण अवस्थामा रहेका वर्गलाई सेवा उपलब्ध गराउन र स्वास्थ्य आपतकालको सामना गर्न पनि सक्षम छन् ।

आधारभूत स्वास्थ्य सेवाको तयारी पनि निर्णायक हुन्छ । विश्‍व कोभिड-१९ महामारीको लागि वास्तवमै तयार थिएन । औद्योगिक मुलुकहरु आफ्नो मजबुत स्वास्थ्य प्रणालीका कारण स्वास्थ्य संकटको सामना गर्न विश्‍वस्त छन् । थाइल्याण्डजस्ता मुलुकहरुमा मानव र स्थानीय सम्पर्क कम भएको छ र स्वास्थ्यकर्मीहरु घर(घरमा पुगेर आवश्यक प्राथमिक हेरचाह र सेवाहरु प्रदान गरिरहेका छन् । उनीहरुले समुदायस्तरमा गएर संक्रमणको संकेत खोजिरहेका छन् ।

दुवै यूएचसी र पूर्वतयारीका लागि स्वास्थ्य प्रणालीमा लगानी बढाउन आवश्यक छ । यसमा राजनीतिक र आर्थिक छनोटहरु छन् । जब उच्चस्तरका राजनीतिक नेताहरूले उनीहरूको स्वास्थ्य क्षेत्रमा लगानीलाई प्राथमिकता दिन्छन्, तब उनीहरूले आफ्नो समाजलाई विनाशकारी असरहरुबाट जोगाउन सक्छन् । स्वास्थ्य चुनौतीहरुले रोजगार, महत्त्वपूर्ण सेवाहरू र स्थानीय आर्थिक जीवनमा ठूलो असर पुर्‍याउने भएकोले स्वास्थ्य क्षेत्रको लगानी बढाउन निकै महत्वपूर्ण छ ।

समयमा स्वास्थ्यमा लगानी नगर्दा अहिले कोभिड-१९ का कारण सानो-सानो अंश गर्दै ठूलो क्षति बेहोर्नु परेको छ । जसले ऐतिहासिक वैश्विक प्रयासको महत्त्वलाई जोड दिएको छ । यससँगै ‘एक्सेस टु कोभिड-१९ टुल्स एक्सलेटर’ कोभिड-१९ का उपकरणमा पहुँचको पहल मार्फत कोरोना महामारीविरुद्ध लड्न समान, सुरक्षित र प्रभावकारी खोप, उपचार विधिको विकाससँगै वितरणमा जोड दिन आवश्यक छ ।

हामी खुसी छौं कि धेरै स्वास्थ्य साझेदारहरु र देशहरुले एसीटी को गतीलाई समर्थन गरेका छन् । यसका लागि ३५ बिलियन अमेरिकी डलर आवश्यक पर्छ, जसमध्ये करिब आधा कोभ्याक्सका लागि आवश्यक हुन्छ । यस्तो लगानी विश्वव्यापी आर्थिक गतिविधि, व्यापार, यात्रा र रोजगारी पुर्‍याएको क्षतिको तुलनामा निकै कम हो । यस ऐतिहासिक पहलको द्रुत र पूर्ण कोषले महामारीको तीव्र संक्रमणलाई समाप्त पार्न विश्वलाई उत्कृष्ट उपाय प्रदान गर्नेछ ।

विश्व स्वास्थ्य संगठनका रुपमा हामी कोभिड-१९ ले दिएको भूकम्पिय झट्कालाई परिवर्तनको सूचकको रुपमा प्रयोग गर्न हामी कटिबद्ध छ । अहिले कोरोना महामारीविरुद्धको प्रतिक्रियाले विश्वका सबै पक्षहरुलाई प्रतिविम्बित गर्छ र यसबाट आगामी दिनमा आउनसक्ने संकटलाई रोकथाम गर्न समूहिकरुपमा के कुराले काम गरेको छ र के छैन भन्‍ने विषयबाट पाठ सिक्न आवश्यक छ ।

तर मैले देखिसकेको छु कि कोभिड-१९ को प्रभावले मानवतामा एक महत्वपूर्ण परिवर्तन ल्याएको छ र यसले मलाई आशा प्रदान गरेको छ । महामारीले धेरै क्षेत्रहरूमा आश्‍चार्यजनकरुपमा साझेदारी र एकताका लागि प्रोत्साहित गरेको छ ।

संसारभरका वैज्ञानिकहरुले कोरोना महामारीबाट मानिसहरुलाई बचाउनका लागि आवश्यक उपकरणहरु विकास गर्न एकसाथ जुटिरहेका छन् । स्वास्थ्यकर्मीहरु रातदिन मानिसहरुको जीवन बचाउन र बिरामीहरूलाई निको पार्न प्रयत्‍नरत छन् । कलाकारहरुदेखि एथ्लेटिक्सहरु, समाजसेवीहरुदेखि प्रविधि विज्ञहरुसम्म विभिन्‍न समुदायहरुले आफ्नो प्रभाव र स्रोतहरु थप राम्रो र उत्कृष्टरुपमा प्रयोग गरिरहेका छन् ।

यससँगै धेरै राजनीतिज्ञहरु र सरकारहरुले राजनीतिभन्दा महामारीलाई अघि राखेका छन् र जनताको सुरक्षाको लागि गर्नुपर्ने हरेक प्रयासहरु गरिरहेका छन् । यो एक नियमजस्तै बन्‍नुपर्छ । महामारीले निम्त्याएको मानवीय क्षति र यति धेरैले गरेका बलिदानहरुले हामीलाई जनस्वास्थ्यलाई सम्भव भएसम्मको उच्चतम बिन्दु पुर्‍याउन बाध्य पारेको छ । हामीले कोभिड-१९लाई संसारभरको जनस्वास्थ्यमा महत्वपूर्ण ुटर्निङ पोइन्टु को रुपमा उपयोग गर्न बाध्य भएका छौं । मलाई लाग्छ हामीले सही छनोट गर्न सक्छौं ।

.(टेड्रस एड्हानोम गेहब्रेयसस विश्व स्वास्थ्य संगठनमा प्रमुख हुन् ।)

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *