एजेन्सी, ५ कार्तिक–अर्जेनिटनामा सोमबारसम्ममा कोभिड(१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ। राजधानी ब्युनर्स आयर्समा सबैभन्दा बढी सङ्क्रमित रहेको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ।

विवरण अनुसार पछिल्लो २४ घण्टामा अर्जेन्टिनामा १२ हजार ९८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। अर्जेनिटनामा सङ्क्रमितमध्ये अहिलेसम्म कूल २६ हजार ७०० व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ।

स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराइएको तथ्याङ्क अनुसार अर्जेन्टिनामा कूल आठ लाख सङ्क्रमणमुक्त भई घर फर्किएका छन्। विश्वमा अमेरिका, भारत, ब्राजिल र रुसपछि धेरै कोभिड–१९ सङ्क्रमित रहेको मुलुक अर्जेन्टिना हो।

विश्वमा कोरोनाभाइरसका कारण मङ्गलबारसम्म चार करोड ७१ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित बनेका पुष्टि भएको छ। विश्वभर कोभिड–१९ सङ्क्रमित ११ लाख २३ हजार ८६८ व्यक्तिको मृत्यु भएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *