दमक, ५ कार्तिक–नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ।

विप्लवले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकार विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन्। सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेर जनताको स्वास्थ्यमा खेलवाड गरेको आरोप विप्लवले लगाएका छन्।

सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै विप्लवले यही कात्तिक १५ गतेदेखि २० गतेसम्म सञ्चालन गर्नेगरी संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्।

संघर्षका कार्यक्रममा कोण सभा, पर्चा वितरण, विरोध जुलुस लगायतका छन्। कात्तिक १५ गते कोणसभा, १७ गते पर्चा वितरण र २० गते विरोध जुलुस प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ।

विप्लवले आम नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गरिनुपर्ने, कोरोना महामारीको नाममा भ्रष्टाचार र व्यापारिकरण बन्द गरिनुपर्ने र भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने माग अघि सारेका छन्।

उनले वर्तमान सरकार जनता र राष्ट्रपति हदैसम्म गैरजिम्मेवार बनेको आरोपसमेत लगाएका छन्। सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु अझै जटिल बन्दै गएको विप्लवको ठहर छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *