धरमपुर (शिबसताक्षी), ६ कार्तिक–झापाको शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारे बजार आज सरसफाई गरिएको छ । नेपालीहरुको साँस्कृति चाँड–पर्व नजिकिदै आइरहेको भन्दै बजार व्यवस्थापन समितिको आयोजनमा मंगलबारे बजार सरसफाई कार्यक्रम गरिएको हो ।
बजार सरसफाई कार्यक्रममा स्थानीय व्यवसायी, बजारवासी, महिला, युवा र सामाजिक तथा राजीतिकर्मीहरुको उपस्थिति रहेको थियो ।
बजार व्यवस्थापन समितिका अध्यक्ष एबम् यूवा उद्यमी भीम नेम्बाङका अनुसार नियमति सरसफाई अन्तर्गत मंगलबारे बजार गरिएको हो । उनले हामी नेपालीहरुको घर दैलीमा नजिकै आइरहेको साँस्कृतिक चाँड पर्व (दशै, तिहार र छठ) लाई लक्षित गरेर आज बजार सरसफाई गरिएको बताए ।
सरसफाईमा सड्ने र नसड्ने फोहोरलाई अलग–अलग व्यवस्थापन गरिएको छ, अध्यक्ष नेम्बाङले भने । नेम्बाङका अनुसार बजार सरसफाई गर्नुको मुख्य उदेश्य बजारवासीबीचमा चेतना र संचेतना फैलाउनु पनि हो । सरसफाई कार्यक्रम नियमित गरिआएको र यसलाई आगामी समयमा पनि निरन्तरता दिइरहने अध्यक्ष नेम्बाङले जानकारी दिए ।

प्रत्येक मंगलबार लाग्ने मंगलबारे बजारलाई राजमार्ग दक्षिण ग्रामिण क्षेत्रको मुख्य ठूलो बजार हो । बजारमा शान्ति सुरक्षाको निम्ति प्रहरी चौकी र वडा कार्यालयसहित बित्तिय कारोबार गर्ने संघसंस्थाहरु समेत स्थापना भएको छ ।
बजारमा रात्रीकालिन सडक बक्ति जडान भएपछि, बजारको शान्ति सुरक्षा व्यवस्थापनमा र व्यवसायीहरुलाई रात्री व्यापार गर्न सहज भएको छ ।
प्रदेश १ का माननीय झलकसिँह दर्लामी मगरको पहलहमा बजारक्षेत्रमा व्यवस्थित आरसिसी ढल निर्माण गरिएको छ । त्यस्तै, बजार क्षेत्रलाई स्वच्छ र सफ बनाउन पाकिङ टायल राखिएको छ ।
बजारको मुख्य व्यवसायीक टहराहरुलाई रङ्गरोगन र पुनःनिर्माण गर्दै साप्ताहिक लाग्ने तरकारी–फलफूल र अन्य खाद्यान्य सामाग्रीहरु बिक्री गर्न स्थललाई ब्लक बनाइएको छ ।
यता, बजारको मासु बिक्रि केन्द्रलाई व्यवस्थित गरिएको छ । मासु बिक्री केन्द्रसम्म जोड्ने सडकलाई फराकिलो बनाउनुका साथै मासु व्यवसायको निम्ति सटर सहितको भवन बनाइएको अध्यक्ष नेम्बाङले बताए ।

