एजेन्सी, ७ कार्तिक–प्रिमियर लिग क्लब टोटनहमले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । बिहिबार राती भएको खेलमा टोटनहमले लास्कमाथि ३–० को सहज जित निकालेको हो । टोटनहम हट्स्पर स्टेडियममा भएको खेलमा घरेलु टोलीको जितका लागि लुकास मोयरा र सन हेउङ मिनले एक एक गोल गरे । एक गोल भने आत्मघाती उपहार पाएको थियो ।
खेलको १८ औं मिनेटमा मोउराको गोलमा घरेलु टोली टोटनहमले खेलमा अग्रता लिएको थियो । उनलेको भनिसियसको पामिा गोल गर्दै टाृटनहमलाई १–० को अग्रता दिलाएका थिए । २७ औं मिनेटमा टोटनहमले आत्मघाती गोल उपहार पाएको थियो ।
लास्कका डिफेन्डर एन्द्रेस एन्द्रडेले आफ्नै पोस्टमा गोल गरेपछि टोटनमहले एक गोल उपहहार पाएको थियो । यसै गोलबाट टोटनहमले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा भने टोटनहमले थप एक गोल गरेको थियो । ८४ औं मिनेटमा सनले गोल गरेका हुन् । सनले पनि भिविसियसको पासमा गोल गर्दै टोटनहमलाई ३–० को जित दिलाए ।
यसै जितसँगै समूह जेमा रहेको टोटनहमले सुखद सुरुवात गरेको छ । समूहको पहिलो खेलबाट तीन अंक जाड्दै टोटनहमले लिगमा सुखद सुरुवनत गरेको हो ।
