एजेन्सी, ७ कार्तिक–युरोपा लिग फुटबलमा आर्सनलले पुनरागमन जित निकालेको छ । बिहीबार राति भएको समूह चरणको पहिलो खेलमा आर्सनलले र्‍यापिड विनमाथी २–१ को पुनरागमन जित निकालेको हो ।

र्‍यापिड विनको घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितका लागि डभिड लुइज र पिएरे एमेरिक अबुमेयङले एक एक गोल गरे । र्‍यापिड विनका लागि फोउन्टसले एक गोल फर्काएका थिए ।

पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको खेलको दास्रो हाफमा घरेलु टोली र्‍यापिड विनले अग्रता लिएको थियो । तर, अग्रता जोगाउन नसक्दा घरेलु टोली पराजित हुन पुगेको हो ।

खेलको ५१ औं मिनेटमा काराको पासमा फोउन्टसले गोल गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाएका थिए । ७० औं मिनेटमा आर्सनलले बराबरी गोल फर्कायो । पाहुना टोलीका लागि लुइजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका हुन । उनले पेपेको पासमा गोल गरेका थिए ।

त्यस्तै ७४ औं मिनेटमा पिएरे एमेरिक अबुमेयङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । उनले बेलेरिनको पासमा गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाएका हुन् ।

त्यसपछि दुबै टोलीबाट थप गोल हुन नसक्दा खेल आर्सनलले आफ्नो पक्षमा पारेको हो । यस जितसँगै समूह बीमा रहेको आर्सनलले तीन अंकबाट सुरुवात गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *