दमक, ७ कात्तिक–झापा क्षेत्र नं ४ का संघीय सांसद एलपी साँवालाई कोरोना संक्रमण भएको छ । सांसद साँवासँगै उनकी श्रीमती मनिषा नाल्बो लिम्बूलाई पनि संक्रमण पुष्टि भएको हो ।
हिजो बिहीबार आएको पिसिआर रिपोर्टमा दुवैजनामा संक्रमण देखिएको नेकपा शिवसताक्षी नगर कमिटीका सचिवालय सदस्य दुर्गा नेम्बाङले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ कमिटि सदस्य रहेका उनी केही दिनअघि मात्र आफ्नो निर्वाचन क्षेत्रको विभिन्न कार्यक्रमहरुमा सहभागि भएर काठमाण्डौ फर्केका थिए । शिबसताक्षी–९ दुधे निवासी सांसद साँवा हाल काठमाण्ढौस्थित धुम्बाराहीमा बसोबास गरिरहेका छन् ।
काठमाडौंको धुम्बाराहीमा बस्दै आएका सांसद साँवाले शंका लागेर बुधबार पिसिआर परीक्षण गराएका थिए । उनी र उनकी श्रीमतीलाई संक्रमण भएपनि परिवारका सदस्यलाई संक्रमण नदेखिएको नेम्बाङले बताए । संक्रमण पुष्टि भएपछि साँसद साँवा होम आइसोलेसनमा बसेका छन् ।
