गोविन्द ल्वागुन/डुडाँमारी, ७ कार्तिक–झापाको शिबसताक्षी-७ फाक्तेपस्थित बालसेवा आधारभूत बिद्यालयको खेल मैदानमा सम्पन्न बडा दशैं (बिजय दशमी) कपको उपाधी डुडाँमारी युथ फुटबल क्लवले जितेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा शिबसताक्षी-२ धरमपुर मङलबारेलाई १ का विरुद्ध ३ गोल गर्दै डुडाँमारीले उपाधी कब्जा गरेको हो ।

खेलको मध्यन्तरसम्म दुबै तर्फबाट गोलरहित बराबर भएको खेलमा दोस्रो हाफपछी डुडाँमारीले ३ गोल गर्दै उपाधी जितेको हो ।

जितसँगै डुडाँमारी युथ फुटबल क्लवले नगद रु १५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने उपबिजेता मङ्गलबारे फुटबल क्लवले नगद रु १० हजार, मेडल र प्रमाणपत्रमा चित बुझायो । फाइनल खेलको म्यान अफ दि म्याच बिजेता टिमका सङगम मगर घोषित भए ।

त्यसैगरी, उत्कृष्ट गोल्किपर, बेस्ट मिड्फिल्डर, फर्वड, म्यान अफ दि टुनामेन्टलाई समेत नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कार चर्चित युटुबर भाग्य न्यौपाने लगायतले वितरण गरेका थिए ।

गत असोज २६ गतेबाट शुरु भएको खेलमा झापा, इलाम र मोरङका २० टिमको सहभगिता रहेको थियो । खेल स्थानीय बासबारी स्पोर्टिङ क्लवको आयोजनामा भएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *