दमक, ७ कार्तिक–दैनिक उपभोग्य समाम्रीहरुको थोक तथा खुद्रा विक्री गर्ने उद्देश्यले दमक ८ मा सजिलो सर्भिस मार्ट सञ्चालनमा आएको छ ।
दमकमा रहेर सामाजिक काममा सकृय रहेको क्लब हिमालयन टाईगर अन्तगर्त रहेको हिटा बिजनेस ग्रुपले दमक ८ स्थित विकास मार्गमा सजिलो सर्भिस मार्ट सञ्चालनमा ल्याएका हुन् ।
मार्टको आज शुक्रवार एक कार्यक्रमका बीच दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र दमक नगर खेलकुद विकास समितिका संयोजक तथा दमक ८ का वडा सदस्य भिमराज चम्लगाईले संयुक्त रुपमा उद्घाटन गरे ।
क्लब हिमालयन टाईगरका अध्यक्ष रेवतचन्द्र भण्डारीले सुलभ दरमा नै दैनिक उपभोग्य सामानको थोक तथा खुद्रा बिक्री गर्ने उद्देश्यले मार्टले चाडै अनलाईन सपिङसहित होम डेलिभरीको सेवा सुरु गर्ने बताए ।
मार्टमा क्लवका ३६ जना सदस्यहरुको २५ हजारदेखि १ लाख रुपैयासम्म लगानी रहेको छ । समाजिक सेवामा सकृय रहेको क्लब हिमालयन टाईगरले सेवामुलक काम गर्नको लागि मार्टबाट प्राप्त हुने नाफाको ५ प्रतिशत क्लबमा जम्मा गरिने र अन्यक्षेत्रमा क्लबसंगै मार्ट पनि बिस्तार गरिने योजना रहेको अध्यक्ष भण्डारीले जनाएका छन् ।
मार्ट उद्घाटनमा क्लवका उपाध्यक्ष जे बिमली, दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, क्लबका सदस्य बिसाल सेडाइ, दिपक सुबेदी, भरत दाहाल, मोहन गौतम, राजीव शर्मा, राजन लुइटेल लगायतको उपस्थिती रहेको थियो ।
