काठमाडौं, ७ कात्तिक–प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई कोरोना संक्रमण देखिएको छ।

सामान्य रूघाखोकी लागेपछि पिसिआर परीक्षण गराउँदा बिहीबार रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन्।

अहिले आफ्नो अवस्था सामान्य रहेको र हाल होम आइसोलेसनमै बसिरहेको उनले सामाजिक सञ्जालमार्फत् बताएका छन्।

यसबीचमा आफूसँग सम्पर्कमा आएकालाई सतर्क र सचेत रहन समेत उनले आग्रह गरेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *