काठमाडौं, ८ कात्तिक–पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आफूहरूलाई कोरोनाभाइरसको संक्रमण भएको जानकारी भट्टराईले सामाजिक सञ्जालमार्फत दिएका छन्। भट्टराई दम्पत्तीको स्वाब शुक्रबार परीक्षणका लागि दिइएको थियो।

ुचिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं१ केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ,ु भट्टराईले भनेका छन्।

पछिल्लो समय भट्टराई गोरखा र मधेसका जिल्लाहरूमा पार्टी प्रवेशको कार्यक्रममा व्यस्त थिए।

सयौं कार्यकर्ता सहभागी भएका ती कार्यक्रममा मास्क र भौतिक दूरीको पालना नभएको भन्दै आलोचनासमेत भएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *