दमक, ८ कार्तिक–पितृको स्मृतिमा दमकको हाम्रो वाल आश्रमलाई गौरादहस्थित बालुवथानका एक परिवारले रु ३० हजार सहयोग उपलव्ध गराएका छन् ।

सुन्दर समाज नेपालको संयोजनमा समिता लावतीसहितका परिवारले दिवंगत बुबा पञ्चबहादुर लावतीको स्मृतिमा रु ३० हजार सहयोग उपलव्ध गराएका हुन् । शुक्रवार आश्रममा पुगेर लावती परिवारले सो सहयोग उपलव्ध गराएका सुन्दर समाजकी अध्यक्ष रुपा सेलिङले वताईन् ।

सहयोग हस्तान्तरणमा पञ्चबहादुरकी श्रीमती चमेली सहित लावती परिवारका सदस्यहरु,समाजका सदस्यहरुको उपस्थिति रहेको थियो । त्यस्तै सोहि अवसरमा आश्रमका बालबच्चाहरुको खानपीनका लागि खाद्यान्न समेत वितरण गरिएको सुन्दर समाज नेपालकी सदस्य अनु चेम्जोङ ताजपुरियाले वताईन् ।

यसैगरि, शुक्रवारनै दमककै सामाजिक कार्यमा काम गरिआएको संस्था किवानिज क्लब अफ दमकले पनि आश्रमका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।

त्यस्तै, मोरङ, उर्लावारीका सामाजिक व्यक्तित्व ओसिया वाईवाले समेत आश्रममा नानीहरुलाई कपडा तथा खाद्यान्न सहयोग गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *