काठमाडौं, ९ कार्तिक–नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ५ जनाको मृत्यु भएको हो।

योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिबार कोरोना संक्रमणले १३ जनाको मृत्यु भएको थियो।

यस्तै आइतबार कोरोनाका २८ सय ५६ संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ। ३३ सय ३६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसँगै कोरोना जित्नेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *