उदयपुर, ११ कार्तिक–त्रियुगा नगरपालिका–१० बोक्सेका पानीट्याङकी निवासी एक वन झाँक्री बलात्कार आरोपमा पक्राउ परेका छन्।

पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पीडितको उजुरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमूख भीमप्रसाद दाहालले बताए।

उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। ती धामीले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएले त्यसैगर्ने गरेको बयान दिएका छन्।

अर्जुनसँग मतियारका रुपमा काम गर्ने ४५ वर्षीय एक महिलालाई पनि अनुसन्धानको दायरामा राखिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *