दमक, ११ कार्तिक–मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि आज भारतको सिलगुढी लगिएको छ।

कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलसन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए।

मधुमेहका बिरामी उनको स्वास्थ्य अवस्था झन् कमजोर हुँदै गएपछि आज साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ।

मेयर आचार्यका स्वकीय सचिव विजय भट्टराईका अनुसार मेयर आचार्यको अवस्था सामान्य भएको र प्रशस्त आराम गर्नुपर्ने भएकाले सिलिगुडी अस्पताल लगिएको बताए।

अस्पताललाई उद्धृत गर्दै भट्टराईका अनुसार प्रमुख आचार्यलाई त्यहाँ तीनचार दिन राखिने छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *