काठमाडौं, १२ कार्तिक–कोरोना भाइरसको महामारीकाबीच भारतको बिहारमा आज विधानसभाको निर्वाचन शुरु भएको छ। २ सय ४३ सिट रहेको विधानसभाका लागि आज पहिलो चरणको मतदान शुरु भएको हो।

पहिलो चरणको निर्वाचनमा ६ जिल्लाका कुल ७१ सिटका लागि मतदान हुने छ। जनता दल पार्टीका नीतीश कुमार मुख्यमन्त्रीको दौडमा चुनावी मैदानमा छन्। त्यस्तै लालु यादवका छोरा तेजस्वी यादव राष्ट्रिय जनता दलबाट मुख्यमन्त्री पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

निर्वाचनमा नीतीश कुमार नेतृत्वको गठबन्धन एनडीएबाट जनता दलले ३५ सिट, भाजपा २९ र हम–एसले १ सिटका लागि चुनावी प्रतिस्पर्धा गरिरहेका छन्।

त्यस्तै तेजस्वीको गठबन्धनमा राष्ट्रिय जनता दल ४२ सिट, कांग्रेस २१ तथा सीपीआईएमएल आठ सिटका लागि चुनावी प्रतिस्पर्धामा छन्। अन्य पार्टीहरु भने गठबन्धन बिना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *