काठमाडौं, १२ कार्तिक–च्याम्पियन्स लिग फुटबलअन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले आज ९बुधबार० समूह चरणको दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा फराकिलो जित निकालेको बार्सिलोनाले इटालियन च्याम्पियनसँग लिगको दोस्रो खेल खेल्न लागेको हो ।

युभेन्ट्स्‌को घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १-४५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।

लिगमा पहिलो खेलमा फराकिलो जित हासिल गरेको बार्सिलोना तीन अंकका साथ शीर्ष स्थानमा छ । समान खेल खेलेको युभेन्ट्स् दोस्रो स्थानमा छ ।

बार्सिलोनालाई स्टार खेलाडी लियोनल मेस्सीले साथ दिनेछन् । त्यस्तै बार्सिलोनाका युवा खेलाडी अन्सु फाती पनि पछिल्लो समय फर्ममा छन् । यता युभेन्ट्स्‌का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो मैदान उत्रने छैनन् । कोरोना भाइरसको संक्रमण भएका रोनाल्डो पछिल्ला केही खेलमा सहभागी छैनन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *