दमक, १२ कार्तिक–झापा मेचीनगर नगरपालिका ६, काँकडभिट्टाकी ७९ वर्षीया महिलाको आज कोभिड १९ को सङ्क्रमणबाट मृत्यु भएको छ । बिर्तामोडस्थित बीएन्डसी हस्पिटलमा उपचारकै क्रममा आज बिहान ९ बजे उनको मृत्यु भएको थियो ।

श्‍वासप्रश्‍वासमा समस्या भएपछि उनलाई यसै साता बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको वडाध्यक्ष ललित तामाङले जानकारी दिए । निमोनियाँ सङ्क्रमण पत्तो लागेपछि उनलाई सघन उपचार कक्षमा राखेर थप उपचारका गर्न हस्पिटल लगिएको थियो ।

दसैँको टीकाको दिन उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *