दमक, १२ कार्तिक–झापाको दमकमा बुधबार एक किशोरको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ । दमक-२ स्थित पोखरीमा पौडी खेल्ने क्रममा मोरङ्गको मिक्लाजुग गाउँपालिका वडा नं ५ का २० बर्षीय मुकेश मगरको ज्यान गएको स्थानिय घनश्याम ढकालले बताए ।

पोखरीमा ५ जना बढी साथीहरुसँग पौडी खेल्ने क्रममा मगर डुबेका थिए । स्थानिय नेपाल प्रहरी, सशस्त्र प्रहरी सहतिको टोलीले उनलाई दिउँसो ३ बजेतिर मृत अवस्थामा फेला पारेको हो ।

मगरको शव पोष्मार्टमका लागी दमक अस्पतालतर्फ लगिएको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *