काठमाडौं, १३ कार्तिक–यूईएफए च्याम्पियन्स लिग फुटबलमा प्रिमियर लिग क्लब चेल्सीले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा चेल्सीले क्रास्नोडरमाथि ४-० को फराकिलो जित निकालेको हो ।

क्रास्नोडरको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा १-० को अग्रता लिएको चेल्सीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । पहिलो हाफमा कलुम हुड्सन ओडोइले गाले गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

खेलको ३७औं मिनेटमा काई हाभर्टजको पासमा हुड्सनले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका हुन् । त्यस्तै खेलको ७५औं मिनेटमा पुलिसिजले गरेको प्रहारमा क्रास्नोडरका डिफेन्डर मार्टिनोभिचले पेनाल्टि क्षेत्रभित्र ह्यान्ड गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । पेनाल्टीमा टिमो वेरनरले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

७९औं मिनेटमा वेरनरको पासमा हाकिम जियाचले गोल गरे । खेलको अन्तिम मिनेटमा अब्राहमको पासमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई ४-० को फराकिलो जित दिलाए ।

यस जितसँगै च्याम्पियनस लिगको समूह ईमा रहेको चेल्सीले दुई खेलबाट चार अंक जोडेको छ । चेल्सीले पहिलो खेलमा बराबरी खेलेको थियो भने दोस्रो खेलमा जित निकालेको हो । पराजित क्रास्नोडोरको भने एक अंक छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *