काठमाडौं, १३ कार्तिक–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरविरोध झनै चर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकको निर्णय लत्याउँदै मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिस गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको ओलीनिकट नेताहरू बताउँछन् ।

पार्टी संसदीय दल नभए काङ्ग्रेसको साथ लिएर संसदमै पनि अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेको ओलीपक्षको भनाइ छ । पार्टीभित्र विवाद झाँगिएपछि गत वैशाख १७ गते पनि दुवै पक्षले संसदीय दलमा बहुमत सिद्ध गर्न हस्ताक्षर गरेका थिए ।

ओली पक्षले हस्ताक्षरमा बहुमत जुटाउन नसकेपछि प्रचण्डसँग समझदारी गरेर तत्कालका लागि विवाद साम्य तुल्याएका थिए ।

बिहीबार ओलीनिकट नेताहरूको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल उपस्थित थिए ।

प्रधानमन्त्री कार्यालयमै भएको भेटमा भर्खरै उक्त कार्यालय हेर्नेगरी जिम्मा पाएका ईश्वर पोखरेल र प्रधानमन्त्रीका सल्लाहकारहरू सहभागी रहेको स्रोतले पुष्टि गर्‍यो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *