काठमाडौं, १४ कार्तिक–इटालियन सिरी ए क्लब इसी मिलानले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा मिलानले स्पार्टा प्रागुएमाथि ३-० को सहज जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउन ब्राहिम डियाज, राफेल लेआओ र डियागो डालोटले एक-एक गोल गरे ।

खेलको २४औं मिनेटम ब्राहिमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले ज्लाटन इब्राहिमोभिचको पासमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १-० ले अगाडि बढाएका थिए ।

दोस्रो हाफमा थप दुई गोल गर्ने क्रममा खेलको ५७औं मिनेटमा राफेलले गोल गरेका थिए । उनले डालोटको पासमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारेका थिए ।

त्यस्तै, ६६औं मिनेटमा डालोटले गोल गरे । मिलानका डिफेन्डर डालोटले बेन्नासरको पासमा गोल गर्दै घरेलु टोलीलाई ३(० को सहज जित दिलाए ।

यस जितसँगै समूह एचमा रहेको मिलानले लगातार दोस्रो जित निकालेको छ । सुरुवाती दुई खेलमा जित निकालेको मिलान ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । पराजित स्पार्टा भने अंकविहीन हुँदै समूहको पुछारमा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *